देशभर मौसम स्थिर, अधिकांश भूभागमा सफा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले अधिकांश स्थानमा मौसम स्थिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिए पनि अन्य सबै भूभागमा आकाश मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने देशका अन्य प्रदेशमा मौसम सामान्यतया खुला रहनेछ। महाशाखाले आज राति पनि देशभर आकाश मुख्यतया सफा रहने अनुमान गरेको छ।













