निर्वाचनको मिति सार्दा स्वाभाविक रुपमा लिनुपर्छः महामन्त्री शर्मा

User Image Prime TV News एक महिना अगाडि
Image of निर्वाचनको मिति सार्दा स्वाभाविक रुपमा लिनुपर्छः महामन्त्री शर्मा

काठमाडौ । नेपाल कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधि सभा चुनावको मिति फागुन २१ गते तोकिएको भएपनि, यसलाई वैशाख महिनामा सार्दा पनि फरक नपर्ने बताएका छन् ।

सरकारले यहि फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएको निर्णयलाई स्वागत गर्दै नेता शर्माले वैशाखमा निर्वाचनको मिति सार्दा कुनै खास समस्या नदेखिने बताएका हुन् । फेसबुकमा लेख्दै महामन्त्री शर्माले चुनाव सार्न उपयुक्त हुने सुझाब दिएका हुन् ।

जेनजी समूहलाई चुनावमा अपनत्वको भावना जगाउन, निर्वाचन वातावरणलाई थप विश्वसनीय र पारदर्शी बनाउन र हिमाली क्षेत्रका चुनौतीहरूलाई समाधान गर्न पनि निर्वाचन सार्न उपयुक्त हुने बताए । "यदि निर्वाचन मिति परि वैशाखमा पुग्नुपर्ने भयो भने त्यसलाई स्वाभाविक रुपमा स्वीकार गर्नुपर्ने छ" उनले भने ।

नेता शर्माले नेपालका जेनजीलाई समेटेर, आगामी निर्वाचन प्रक्रिया पारदर्शी र विश्वासयुक्त बनाउनुपर्नेमा जोड दिएका छन्। साथै, हिमाली क्षेत्रका विशेष अवस्थालाई ध्यानमा राख्दै, निर्वाचनको मिति सार्दा त्यहाँका नागरिकलाई सहज बनाउने अवसर प्राप्त हुने भन्दै, यसलाई एक सकारात्मक कदमको रूपमा लिनु पर्नेमा जोड दिए ।

शर्माले जेनजी र सरकारबीचको सहमति पनि स्वागत गरेका छन् । तर दलहरूसँग समन्वय नगरी यस प्रक्रिया अघि बढाउनु प्रति भने नेता शर्माले लोकतान्त्रिक प्रक्रियामा कमी हुनसक्ने उल्लेख गरे । उनले भने, "हामी सबैको साझा दायित्व हो सहमति र सहकार्यको माध्यमबाट आगामी यात्रालाई सहज बनाउनु।"