सुन र चाँदीको मूल्यमा वृद्धि

User Image Prime TV News एक महिना अगाडि
Image of सुन र चाँदीको मूल्यमा    वृद्धि

काठमाडौ । शुक्रबार सुन र चाँदीको मूल्यमा अत्यधिक वृद्धि भएको छ ।

जसले सुनचाँदी व्यवसायमा नयाँ रेकर्ड सिर्जना गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रतितोला ३,५०० रुपैयाँ बढेर २ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको छ। यस अघि, अघिल्लो दिन २ लाख ५३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भइरहेको थियो।

यो मूल्य वृद्धि, सुनको हालसम्मकै उच्चतम रेकर्डको नजिक पुगेको छ। असोज ३१ गते, नेपालमा सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । जसले नयाँ उच्चतम मूल्यको रेकर्ड बनाएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि ऐतिहासिक उच्चतम स्तरमा पुगेको छ।

शुक्रबार, चाँदीको मूल्य प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य १०० रुपैयाँले बढेको हो।