एमाले पोलिटब्युरो सदस्य रानाले लिए सक्रिय राजनीतिबाट बिदा

User Image Prime TV News एक महिना अगाडि
Image of एमाले पोलिटब्युरो सदस्य रानाले लिए सक्रिय राजनीतिबाट बिदा

काठमाडौ । नेकपा एमालेका पोलिटब्युरो सदस्य दलबहादुर रानाले पार्टीको महाधिवेशनको अघिल्लो दिन सक्रिय राजनीतिबाट बिदा लिने निर्णय गरेका छन्। उनले आफ्नो बिदा लिने निर्णयलाई पारिवारिक कारणसँग जोड्दै शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे।

रानाले भनेका छन्, "भोलीदेखि काठमाडौँमा हुने यो ऐतिहासिक एघारौँ राष्ट्रिय महाधिवेशनदेखि पार्टीको सक्रिय राजनीतिक यात्राबाट विश्राम लिने निर्णयमा पुगेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु।" उनले भने, यद्यपि सक्रिय राजनीतिबाट बिदा लिएका भए पनि पार्टीको साधारण सदस्यको हैसियतमा समय अनुसार देश, जनता र पार्टीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

राना २०३५ सालदेखि कम्युनिस्ट पार्टीमा सक्रिय राजनीतिमा संलग्न भएका थिए। उनले २०७० सालमा भूमि सुधार तथा व्यवस्थामन्त्रीको पदमा कार्यरत थिए। साथै, उनले दुईपटक वडाध्यक्ष, दुईपटक प्रतिनिधि सभा सदस्य र एकपटक संविधान सभा सदस्य भएका थिए ।

४५ वर्षको लामो राजनीतिक यात्रा पछी रानाले आफ्नो भूमिका बारे भनें, "मैले कुनै कार्यकर्तामाथि पूर्वाग्रहपूर्ण, दुराशयपूर्ण वा अन्यायपूर्ण व्यवहार नगरेको दाबी गर्छु।" तर, उनले पार्टीको निर्णय प्रक्रियामा कतिपय अवस्थामा प्राथमिकताका आधारमा निर्णय लिनुपर्ने अवस्थामा, आफूले कहिलेकाहीं अन्याय भएको अनुभूति भएका कार्यकर्ताहरूलाई व्यक्तिगत रूपमा क्षमा मागेको बताएका छन्।

उनले पार्टीको एघारौँ महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन शुभकामना व्यक्त गर्दै, "नेकपा एमालेलाई देशको जटिल राजनीतिक परिस्थितिको सामना गर्न सक्षम नेतृत्व निर्माण गर्दै पुनः स्थापित गर्न महाधिवेशनले निर्णायक भूमिका खेलोस् भन्ने आशा राख्छु।"