एमालेको ११औं महाधिवेशन तयारी अन्तिम चरणमा, प्रतिनिधिहरू काठमाडौंमा जुट्दै

User Image Prime TV News एक महिना अगाडि
Image of एमालेको ११औं महाधिवेशन तयारी अन्तिम चरणमा, प्रतिनिधिहरू काठमाडौंमा जुट्दै

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशनले नयाँ नेतृत्वको चयन र पार्टीको आगामी दिशा तय गर्ने छ। यसपटक महाधिवेशनमा करिब २,३०० प्रतिनिधिको सहभागीता रहने अपेक्षा  बताइएको छ । यसका लागि देशभरका प्रतिनिधिहरू काठमाडौं पुगेका छन्।

महाधिवेशनको उद्घाटन सत्र भक्तपुरमा र बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा हुने तयारी गरिएको छ। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी, गण्डकी प्रदेशका प्रतिनिधिहरू काठमाडौं पुगिसकेका छन् भने मधेश र बागमती प्रदेशका प्रतिनिधिहरू पनि बिहीबारसम्म काठमाडौं पुगेका छन्। यी सबै प्रतिनिधिहरूले महाधिवेशनको व्यवस्थापन र नेतृत्व चयनका विषयमा छलफलमा भाग लिनेछन्।

यसपटकको महाधिवेशनमा प्रतिनिधिहरूले खाना र आवास व्यवस्थापन आफैं गर्ने व्यवस्था गरिएको छ। पार्टीको निर्णय अनुसार, प्रतिनिधिहरूको आवास र खाने व्यवस्था प्रत्येक जिल्लाको सम्पर्क कमिटीले समन्वय गर्दै गर्दैछ। यसले पार्टीको आन्तरिक पारदर्शिता र आत्मनिर्भरता बढाएको भन्दै धेरै प्रतिनिधिहरूले यसका सकारात्मक पक्षलाई साकार गर्दै आफ्नो व्यवस्थापनमा ध्यान दिएका छन्।

नेतृत्व चयनमा प्रतिस्पर्धा र एकता

महाधिवेशनको मुख्य उद्देश्य नयाँ नेतृत्वको चयन गर्नु हो र यसका लागि विभिन्न जिल्ला र क्षेत्रका प्रतिनिधिहरू सक्रिय रूपमा उम्मेदवारीको तयारीमा जुटेका छन्। प्रतिनिधीहरुले यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनु पर्नेमा जोड दिएका छन् ।

उनीहरुले पार्टीको भित्रको विभाजनलाई समेटेर एकजुटता ल्याउनुपर्ने आवश्यकतामा जोड दिदै उनीहरुले ताकि सामूहिक रूपमा अघि बढ्न सक्ने अबस्था हुनुपर्ने बताएका छन् ।  यसपटक महाधिवेशनमा अधिकांश केन्द्रीय कमिटी सदस्यहरूको पुन: चयनको सम्भावना छ । जसमा नयाँ उम्मेदवारहरूको पनि उच्च आकांक्षा रहेको छ। यसले पार्टीमा प्रतिस्पर्धा र चूनौतीको वातावरण सिर्जना गरेको छ।

यसका साथै, केन्द्रीय नेतृत्वमा भएको पुरानो संरचनामा सुधार ल्याउने र नयाँ नेतृत्वको प्रवृत्तिहरूलाई आत्मसात गर्ने चाहना समेत देखिएको छ। महाधिवेशनमा एमाले अध्यक्षमा केपी ओली र ईश्वर पोखरेल बिच प्रतिस्पर्धा हुने बताईएको छ ।  

अन्तिम चरणमा महाधिवेशन

महाधिवेशनको तयारी अब अन्तिम चरणमा पुगेको छ। प्रतिनिधिहरू एकै स्थानमा जम्मा भएर पार्टीका भविष्यका बारेमा महत्वपूर्ण निर्णयहरू गर्न लागि रहेका छन्। नेतृत्व चयनसँगै, पार्टीको भविष्यका कार्यसूची र योजनाहरू तय गरिने वताइएको छ ।

यस महाधिवेशनको नतिजा, आगामी केही वर्षको लागि एमाले पार्टीको नीति र दिशा निर्धारण गर्ने महत्वपूर्ण क्षण हुने अपेक्षा गरिएको छ। महाधिवेशनको तयारीका बिषयमा जानकारी दिन एमालेले आजै पत्रकार सम्मेलन गर्दैछ ।