देशका पहाडी भूभागका धेरै तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना

User Image Prime TV News एक बर्ष अगाडि
Image of देशका पहाडी भूभागका धेरै तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौ । काठमाडौंसहित देशका बिभिन्न भागमा बिहानैदेखि वर्षा भइरहेको छ । आज देशभर मध्यमदेखि भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोसी र वाग्मती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।  गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा छ । अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।