प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै, आजै शपथ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आज चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्ने घोषणा गरेकी छन्।
यस क्रममा चार जना नयाँ मन्त्रीलाई नियुक्त गरिएको छ । नयाँ मन्त्रीहरूको नाम सार्वजनिक भएको छ। श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालय, माधव चौलागाईंलाई वन मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम मन्त्रालय र कुमार इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।
नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो ३ बजे शीतल निवासमा हुने बताइएको छ । यसअघि प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १० सदस्यीय थियो। पछिल्लो ९ कात्तिकमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरी यसलाई १० सदस्यीय बनाइएको थियो ।
यसमा डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको थियो। अब चौथो पटकको विस्तारपछि मन्त्रिपरिषद् १४ सदस्यीय हुनेछ ।












