चार नयाँ मन्त्रीहरूले लिए शपथ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । चार नयाँ मन्त्रीहरूले शपथ लिएका छन्।
आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् । शपथ लिनेहरुमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई मन्त्रीमा नियुक्त गरेका थिए ।
श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालय, माधव चौलागाईंलाई वन मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम मन्त्रालय र कुमार इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ।













