आगामी प्रतिनिधि सभामा उम्मेदवार नहुने कांग्रेस नेता पाण्डेको घोषणा
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सहमहामन्त्री र पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आगामी प्रतिनिधि सभाको चुनावमा उम्मेदवार नहुने निर्णय गरेका छन्। २०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित पाण्डेले आगामी चुनावमा सहभागी नहुने निर्णय गर्दै नयाँ पुस्तालाई अवसर दिनुपर्ने सोच व्यक्त गरे। पा
ण्डेले यस निर्णयलाई आफ्नो राजनीतिक यात्रा र नेतृत्वको परिपक्वता मान्दै, पार्टीको संगठनलाई सुदृढ बनाउने कार्यमा ध्यान केन्द्रित गर्ने बताए। "मैले सांसद र मन्त्रीको जिम्मेवारी निभाइसकेको छु, अब नयाँ पुस्तालाई अवसर दिनु पर्छ। यसपटक निर्वाचनमा नउत्रिने निर्णय लिनु मैले उचित ठानेको छु," उनले भने।
उनले थपे, "पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउन, संगठनलाई सक्रिय बनाउने काम मेरो प्राथमिकता बनेको छ। यो निर्णय कुनै व्यक्तिगत विचार मात्र होइन, पार्टीको दीर्घकालीन हितलाई मध्यनजर राखेर गरिएको हो।"












