नवनियुक्त मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

User Image Prime TV News २ महिना अगाडि
Image of नवनियुक्त मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले पदभार ग्रहण गरेकी छन् ।

शुक्रबार शितल निवासमा पदभार ग्रहण गरेपछि मन्त्री श्रेष्ठ सिंहदरबारस्थीत मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् । मन्त्री श्रेष्ठलाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका थिए । पदभारका क्रममा मन्त्री श्रेष्ठले राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेकी छन् ।

सार्वजनिक निकायका नीति, कार्यक्रम, संरचना निर्णय प्रक्रिया तथा कार्यवातावरणलाई लैङ्गिक दृष्टिले परिक्षण गरि लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवर्द्धन गर्ने उदेश्यका साथ लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरिएको मन्त्री श्रेष्ठले जानकारी दिइन् ।

मन्त्री श्रेष्ठ यसअघि पर्यटन बोर्डको वरिष्ठ प्रबन्धक पदमा कार्यरत थिइन् ।