एमाले सचिवालय बैठक : विधान संशोधन स्थगित, १०८ प्रतिनिधि मनोनयन

User Image Prime TV News २ महिना अगाडि
Image of एमाले सचिवालय बैठक : विधान संशोधन स्थगित, १०८ प्रतिनिधि मनोनयन

काठमाडौ । नेकपा एमालेले भदौ दोस्रो सातामा सम्पन्न विधान महाधिवेशनले पारित गरेको विधानलाई नछुने निर्णय गरेको छ।

पछिल्लो समय विधान फेरबदल हुने चर्चा चलिरहे पनि नेतृत्वले अन्तिम घडीमा पुरानै विधानलाई यथास्थितिमा राख्ने अडान लिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

महाधिवेशनअघि बसेको सचिवालय बैठकमा संशोधनबारे छलफल उठे पनि कुनै निस्कर्षमा नपुगी मुद्दा बन्द गरिएको हो। ज्ञवालीका अनुसार भदौमा पारित भएको विधानबाहेक कुनै पनि बुँदा फेरबदल नहुने सुनिश्चित भएको छ।

यसैबीच, आजको सचिवालय बैठकले १०८ जना प्रतिनिधि मनोनयन गरेको छ। निर्वाचनबाट आउने र पदेन हुने प्रतिनिधिको पाँच प्रतिशत बराबर सदस्य मनोनयन गर्ने प्रावधानअनुसार सूची तयार गरिएको हो।

एमालेको वर्तमान विधानअनुसार आगामी महाधिवेशनले २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। पदाधिकारी १५ जना रहनेछन् भने स्थायी कमिटी नरहने व्यवस्था कायम हुनेछ।

संरचनागत रूपमा ठूलो फेरबदलको संकेत यसअघि नै देखिएको भए पनि विधान संशोधन रोकिएपछि हो ।