तपाईको आजको राशिफल

User Image Prime TV News एक महिना अगाडि
Image of तपाईको आजको      राशिफल

विश्वोद्धवस्थितिलयादिषु हेतुमेकं, गौरीपतिं विदिततत्वमनन्तकीर्तिम् ।
मायाश्रयं विगतमायमचिन्त्यरुपं, बोधस्वरुपममलं हि शिवं नमामि ।।

जुन विश्वको उत्पति स्थिति र लय आदिका एक मात्र कारण हुनुहुन्छ गौरी गिरीराजकुमारी उमाका पति तत्वज्ञ हुनुहुन्छ, जसको वहाँका कृतिको कहि अन्त हुदैन जो मायाको आश्रय भएर पनि त्यसवाट अत्यन्त टाढा हुनुहुन्छ तथा जसको स्वरुप अचिन्त्य छ तिनै विमलबोध स्वरुप भगवान शिवलाई प्रातः कालमा प्रणाम गर्दछु ।

आजको पञ्चाङ्ग, सिद्घार्थीनाम संवत्सरश्रीसूर्य दक्षिणायण हेमन्त ऋतौ मिति २०८२ साल पौषकृष्णपक्ष नवमी तिथि उत्तरफाल्गुनी नक्षत्र मंसिर महिनाको २७ गते आज शनिवार तदनुसार १३ डिसेम्वर २०२५ तैतिल करण उत्पात योग, कन्या राशिमा चन्द्रमा रहेका छन भने आजको दिनमान २५ घडि ५३ पलाको रहेको छ, प्रातः सूर्योदय ६ बजेर ४७ मिनेटमा हुने छ भने सूर्यास्त ५ बजेर ८ मिनेट साझमा रहेको छ ।

आजको राशिफल ।

मेष:– भौतिक साधनमा लगानी गरेपनि मिहिनेत गर्दा दिगो फाइदा जुटनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । संघर्ष पश्चात अधिकार र प्रतिष्ठा जोगाउन सफलं भइएला । रोजगारिको खोजिमा आफ्तहरुबाट टाढिनु पर्ला । स्वास्थ्य सम्बन्धि समस्यालाइ लिएर सचेत रहनुहोला । कार्यक्षेत्रमा सकारात्मक सोचका साथ अगाडी बढ्नुहोस् । आफ्ना सूचना बाहिरिनाले दुःख पाइनेछ । हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला झुठा आरोपका साथै परिबन्धले अनावश्यक झमेला थपिन सक्छ

बृषः– नोकरी वा पेशामा उच्च अधिकारीबाट सहयोग पाइनेछ । ब्यपार व्यवसायमा लाध रहनेछ । आज आध्यात्मिक ज्ञानले डर तथा दुर्भावनाका तरङ्गहरु समाप्त हुनेछन् । विशिष्ट व्यक्तिको सहयोग जुटनाले राम्रै अवसर पाइनेछ । लगनशिलताले गुमेको स्थान दिलाउनेछ । दिगो फाइदा हुने काम शुभारम्भ गर्न सकिने छ । नोकरी तथा व्यवसायमा आम्दानी बढने समय छ । मध्यान्ह पछि अवसरवादीले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्ठा गर्न सक्छन् । फजूल खर्चले मन खिन्न बनाउला ।

मिथुन:– कृषि तथा पशुपालनमा फाइदा हुनेछ पुराना सम्झौता तोडनुपर्ने आवश्यकता पर्न सक्छ दिगो योजनाका साथ अघि बढदा विस्तारै लाभ मिल्नेछ । अरुको व्यवहारले शंका उब्जाएपनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । कृषि पशु धन र अचल सम्पतिको उपयोग हुन सक्छ । मध्यान्हदेखि केही बाधा आउला तापनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रचनात्मक कार्यमा जुटदा दिगो फाइदा हुनेछ ।

कर्कटः– शुभारम्भमा अवसर प्राप्त भएपनि तत्काल उपलब्धि नहुन सक्छ । अरुका जिम्मेवारी जस्ता कामहरु समेत गर्नु पर्ला तापनि लगनशीलताले फाइदा दिलाउने छ । मिहिनेत गर्दा नाम, दाम र इनाम प्राप्त हुनेछ व्यवसायमा राम्रो लाभ हुने दुेखिन्छ । वेहोसीले केही लाभांश वाहिरिने सम्भावना देखेपनि वैदेशिक यात्राको प्रक्रिया अघि बढने छ भन पछिका लागि गरिएको लगानीले फाइदा दिने छ साथै पारिवारीक जमघटले मन प्रफूल्लित हुने छ ।

सिंहः– आज तपाईको खर्च बढनाले अर्थ अभाव देखा पर्न सक्छ । रोकिएका कार्यहरु दोहोर्याएर प्रयत्न गनुपर्ला । टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्ने छ नयाँ कामको प्रारम्भ हुने समय छ । तर आलोचकहरुले आत्मासम्मानमा चोट पुर्याउन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी सम्हाल्नु पर्ला । अपराह्नमा उपहारका साथै धनलाभ हुने सम्भावना रहेको छ ।

कन्याः– दिन उत्तम रहेको छ आटेका कार्य सहज संग सम्पादन हुने छन युवावर्गमा आफ्नो करियरलाइ लिएर राम्रो प्रस्ताव हात लाग्ने छ स्वस्थ्य पनि सवल रहला दाम्पत्य जीवन सुमधुर रहनेछ व्यपार व्यवसायमा लाभ रहनेछ, अध्यात्मतर्फ रुचि बढ्नेछ स्वस्थ्यलाइ लिएर सावधान रहनु होला परिबन्धले केही झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिने छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न समय पर्खनु पर्ला ।

तुलाः– विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ मान सम्मान र पद प्रतिष्ठा पाइने समय छ । लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन् । नोकरी तथा राजनीति गर्नेहरुलाई विशेष लाभ मिल्न सक्छ उद्योग धन्दामा सफलता पाइने छ । रोग र शत्रुवाट पनि छुटकारा पाइएला । सुख दुःखमा साथ दिनेहरु प्रशस्तै भेटिनेछन् । झुठा आश्वासन दिनेहरुलाई तह लगाउन सकिने छ । आश मरेका काम बन्नाले उत्साह जाग्नेछ । वादविवादबाट टाढै रहनु होला ।

वृश्चिकः– प्रारम्भमा केही चुनौती देखिएपनि प्रयत्न गर्दा समस्याको जड पत्ता लाग्नेछ । अप्ठयारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला अरुको स्वार्थका उपयोग भइने सम्भावना भएकाले सजग रहनुहोला । अवसरका लागि जोखिमपूर्ण काममा जुटनु पर्ने परिस्थिति आउन सक्छ । उत्तरार्धमा केही अवसर प्राप्त हुनेछन् । सुख दुःखमा साथ दिनहरु पनि फेला पर्नेछन् । लगनशीलताले समस्या सुल्झीनेछन् भने सामाजिक प्रतिष्ठा पनि प्राप्त हुनेछ । खर्च लागेपनि आयस्रोत बढाउन सक्ने योग रहेको छ ।

धनुः– आज प्रारम्भमा चिताएका काम बन्नाले मनग्गे लाभ मिःल्नेछ । प्रियजनका साथ रमाइलो यात्रा गर्ने अवसर जुटन सक्छ तर अरुकै काममै समय खर्चनु पर्ला कामको चापले व्यस्त रहने छ स्वास्थ्यमा ध्यान पुर्याउनु होला परिस्थिति अनुकूल रहेपनि सुख दुःखमा साथ दिनेहरु थोरै हुनेछन् । आफ्ना काममा अवरुद्ध बन्न सक्छन् । परिस्थितिले संघर्षको पथमा हिडाउन सक्छ । टाढिएका साथीभाइ नजिकिनााले हर्ष बढनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ ।

मकर:– समयको माग अनुसार चल्न नसक्दा पछि परिनेछ । अरुका लागि वुद्धि र श्रम खर्चनु पर्ने स्थिति आउन सक्छ । हल्लाको भर पर्दा दुःख पाइने छ भने मिहिनेत गर्दा विस्तारै प्रगति हुनेछ । मध्यान्ह देखि विघ्न बाधाहरु हटनेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ प्रतिस्पर्धिलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा जुटदा  व्यवसायका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ ।

कुम्भः– विभिन्न अवसर प्राप्त भएपनि आफ्नो मिहिनेतवाट अरुले फाइदा उठाउने चेष्टा गर्लान् । पहिले गरिएका कार्यहरु नमिल्नाले समस्या आउन सक्छ ठूलो भागको मोहमा आफ्नो वस्तु समेत गुम्न सक्ने देखिन्छ संघर्षमा उत्रनु परेपनि काम बन्नेछन् आफ्नो जिवनशैलीमा परिवर्तन ल्याउनु पर्ने देखिन्छ । उठनुपर्ने रकम आउनेछन् तर केही अंश त्याग्नु पर्ने देखिन्छ  अरुका लागि समय खर्चनुपर्ला मध्यान्ह पछि भने एउटै कामवाट दोहोरो फाइदा हुने देखिन्छ ।

मीन:- विना सोचेर अरुलाई बचन दिने बानीले अप्ठयारोमा पार्न सक्छ ईष्र्या गर्ने हरुले सताउन सक्छन महत्वकाक्षी योजना गोप्य राखेर अगाडी बढदा राम्रो हुनेछ । आफ्नो बुद्धीको उपयोगले जटिल ठानिएका कार्य पनि सहज रुपमा बन्ने छन् । आजको श्रमवाट पछिलाई फाइदा पुग्न सक्छ । मनमा डर बनिरहने छ । परिवारमा मान्यजनको सहयोग लिएर केही काम गर्दा सफलता मिल्ने छ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला । 

-ज्यो घटराज निरौला