नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। अघिल्लो दिनको तुलनामा, सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेर २ लाख १५ हजार २०० रुपैयाँ पुगेको छ।
यसअघि आइतबार सुनको मूल्य तोलामा २ लाख १५ हजार १०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार तोलामा २ हजार ५७० रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार बढेर २ हजार ५७५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।