११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओली सहित वरिष्ठ नेताहरू महाधिवेशन स्थलमा

User Image Prime TV News एक महिना अगाडि
Image of ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओली सहित वरिष्ठ नेताहरू महाधिवेशन स्थलमा

काठमाडौ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेताहरू महाधिवेशनस्थल पुगिसकेका छन् । उद्घाटन समारोह केहीबेरमा सुरु हुने तयारी गरिएको छ।

देशका विभिन्न भागबाट झण्डा, ब्यानर र नारासहित ठूला–ठूला र्‍यालीहरू कार्यक्रमस्थल प्रवेश गरिरहेका छन्। नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको छ ।

उद्घाटनस्थलमै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पश्चिमतर्फबाट थप ठूला र्‍यालीहरू आउँदै रहेकाले सहभागीको संख्या अझै बढ्ने बताए। उनका अनुसार कार्यक्रमस्थल लगभग भरिन लागेको छ।

महाधिवेशनस्थलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवलगायत अन्य पदाधिकारीहरूको उपस्थिति भइसकेको छ।

यसैबीच उद्घाटन कार्यक्रमको पूर्वसन्ध्यामा विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन भइरहेका छन्। देशका विभिन्न भू–भाग र समुदायको पहिचान झल्किने झाँकीहरूले महाधिवेशनको माहौललाई थप रंगीन बनाएका छन्।

कार्यसूचीअनुसार महाधिवेशनको औपचारिक उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। एमालेले यस महाधिवेशनलाई पार्टीको भावी नीति, कार्यक्रम र नेतृत्व चयनका दृष्टिले निर्णायक महाधिवेशनका रूपमा लिएको छ।

नेकपाका तर्फबाट महासचिव देव गुरुङ सहभागी हुनेछन् भने नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भने कार्यक्रमस्थलमा पुगिसकेका छन्।