स्वीच थिचेर ओलीले गरे एमाले ११औँ महाधिवेशन उद्घाटन
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वीच थिचेर पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा उद्घाटन गरेका छन्।
उद्घाटनसँगै दोस्रो विधान महाधिवेशनले पारित गरेको स्वरूपअनुसारको पार्टी झण्डा सार्वजनिक गरिएको छ। ओलीले स्वीच थिचेपछि रातो पृष्ठभूमिमा सुनौलो हँसिया–हथौडा अंकित झण्डा महाधिवेशनस्थलमा माथि उक्लँदै फरफराएको थियो।
उक्त क्षणमा उपस्थित नेता तथा कार्यकर्ताहरूले ताली बजाएर उत्साहपूर्वक स्वागत गरेका थिए। पार्टी विधानअनुसार नयाँ झण्डा प्रयोगमा ल्याउनु महाधिवेशनको औपचारिक सुरुवातका रुपमा लिइएको छ ।












