युवाको माग जायज थियो, हिंसात्मक घुसपैठले १९ विद्यार्थीको ज्यान गयो: केपी ओली

User Image Prime TV News एक महिना अगाडि
Image of युवाको माग जायज थियो, हिंसात्मक घुसपैठले १९ विद्यार्थीको ज्यान गयो: केपी ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधिका कारण युवा विद्यार्थीले ज्यान गुमाउनुपरेको बताएका छन्।

एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले शान्तिपूर्ण आन्दोलनलाई हिंसामा धकेल्ने तत्व सक्रिय हुँदा स्थिति गम्भीर बनेको दाबी गरे।

ओलीका अनुसार युवा विद्यार्थीलाई अगाडि सारेर संसद् भवन लक्षित आगजनी गरियो, जसले नियन्त्रण बाहिरको अवस्था सिर्जना गर्‍यो। “हिंसा भड्काउने तत्वका कारण अकल्पनीय परिस्थिति बन्यो,” उनले भने।

भदौ २३ गते जेनजी आन्दोलनका क्रममा १९ विद्यार्थीको ज्यान गएको घटनालाई उल्लेख गर्दै ओलीले त्यसको जिम्मेवारी शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी अराजकता फैलाउने समूहमा रहेको आरोप लगाए। उनले यस्तो हिंसा निन्दनीय भएको र भविष्यमा दोहोरिन नहुने बताए।

अध्यक्ष ओलीले युवाका मागप्रति आफ्नो धारणा सकारात्मक रहेको स्पष्ट पारे। सामाजिक सञ्जालबारे सरकारको दृष्टिकोण बन्द गर्ने होइन, नियमन गर्ने मात्र रहेको उनले बताए। “नवयुवाको मागप्रति असहमति थिएन,” ओलीले भने, “शान्तिपूर्ण कार्यक्रमलाई हिंसामा मोडियो।”