धम्की र मुद्दाको राजनीतिले चुनावी वातावरण बिगारियो: एमाले अध्यक्ष ओली

User Image Prime TV News एक महिना अगाडि
Image of धम्की र मुद्दाको राजनीतिले चुनावी वातावरण बिगारियो: एमाले अध्यक्ष ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतान्त्रिक अभ्यासभन्दा दमन र डरलाई प्राथमिकता दिएको आरोप लगाएका छन्।

भक्तपुरको सल्लाहघारीमा आयोजित पार्टीको ११औँ महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले यस्ता गतिविधिले निष्पक्ष निर्वाचन सम्भव नहुने बताए।

ओलीले संवाद र बहसको सट्टा निषेध, घृणा र मिडिया ट्रायललाई अघि सारिएको दाबी गरे। उनका अनुसार विभिन्न राजनीतिक दल र नेताविरुद्ध हल्ला फैलाउने, मुद्दा हाल्ने र प्रशासनिक दबाब बढाउने प्रवृत्ति देखिएको छ। “प्रतिस्पर्धा विचारको हुनुपर्छ, तर अहिले धम्की र मुद्दाबाट राजनीति गरिँदैछ,” उनले भने।

उनले नेताहरूको राहदानी रद्द, स्थानहद र निषेधाज्ञा जस्ता कदमलाई चुनावी तयारीसँग जोडेर प्रश्न उठाए। यस्ता निर्णयले मतदातामा त्रास पैदा हुने र मतदानको स्वतन्त्रतामाथि असर पर्ने उनको भनाइ थियो।

अध्यक्ष ओलीले दबाब र आतङ्कको वातावरणमा चुनाव गरिनु लोकतन्त्रको मर्मविपरीत हुने बताए। उनले सरकारलाई भयमुक्त वातावरण सुनिश्चित गर्न आग्रह गर्दै निष्पक्ष प्रतिस्पर्धाका लागि आधार तयार गर्नुपर्नेमा जोड दिए।

साथै उनले देशलाई लोकतान्त्रिक र संवैधानिक ब्यवस्था कायम गरेरै छाड्ने बताए । त्यसको लागि एक मात्र विकल्प संसद पुर्नस्थापनाको विकफ्प नभएको बताए ।