इजरायललाई उसको ‘अपराध’ का लागि सजाय दिने समय आएको कतारी प्रधानमन्त्रीको भनाइ


काठमाडौ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले अन्तर्राष्ट्रिय समुदायलाई ‘दोहोरो मापदण्ड प्रयोग गर्न बन्द गर्न’ र इजरायललाई उसको ‘अपराध’ का लागि सजाय दिन आग्रह गरेका छन् ।
दोहामा इजरायलले हमासका नेताहरूमाथि हवाई आक्रमण गरेपछि कतारले आयोजना गरेको अरब र इस्लामिक नेताहरूको आपत्कालीन शिखर सम्मेलनको पूर्वसन्ध्यामा उनले यस्तो बताएका हुन्। उनले इजरायलले गरेका सबै अपराधहरूको लागि सजाय दिने समय आएको पनि उल्लेख गरेकाछन् ।
इजरायलले विनाशको भुमरीमा परेका कतारको छिमेकी प्यालेस्टिनी जनतालाई उनीहरूको भूमिबाट निष्कासन गर्ने चाहना पूरा गर्न नसक्ने पनि उनले स्पष्ट पारेकाछन । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले अरब र इस्लामिक नेताहरुको बैठकमा ‘कतारमाथि इजरायली आक्रमणको मस्यौदा प्रस्ताव’ तयार गर्ने विषयमा छलफल हुने बताएका छन् ।
सम्मेलनमा इरानका राष्ट्रपति मसुद पेजेस्कियन र इराकी प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानी पनि सहभागी हुनेछन् । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास शिखर सम्मेलनको पूर्वसन्ध्यामा दोहा पुगेका छन् ।