सुनको भाउ ऐतिहासिक उच्चतम स्तरमा पुग्यो
Prime TV News २ महिना अगाडि 
काठमाडौ । आइतबार सुनको भाउ ऐतिहासिक उच्चतम स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा पुगेको छ । जुन दुई महिनाअघि कायम गरिएको २ लाख ५८ हजार रुपैयाँको रेकर्डलाई पार गर्दै नयाँ कीर्तिमान बनाइएको हो।
यसअघि असोज महिनामा सुनको भाउ २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । तर आइतबारको मूल्यले यो रेकर्डलाई तोडेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य २ हजार २ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन सुनको भाउ २ लाख ५६ हजार ६ सय रुपैयाँ थियो।
नेपालमा तिहारको बिदाले मूल्य समायोजनमा केही समयको अवरोध सिर्जना गरेको थियो। यसको बावजूद अमेरिकी डलरको मूल्यवृद्धिले अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा छिटो मूल्य वृद्धिका कारण नयाँ रेकर्ड बनाइएको महासंघले जनाएको छ।
चाँदीको मूल्य भने ऐतिहासिक उच्चतम स्तरबाट घटेको छ। अघिल्लो दिन चाँदीको भाउ ३ हजार ९०५ रुपैयाँ थियो । जसले नयाँ उच्चतम रेकर्ड बनाएको थियो। आज भने चाँदीको भाउ ८० रुपैयाँ घटेर कारोबार भइरहेको छ। सुनको मूल्य वृद्धि र चाँदीको मूल्य घटाउने कारण बजारका अनविश्लेषित तत्वहरूसँगै अन्तर्राष्ट्रिय बजार र अमेरिकी डलरको प्रभाव रहेको बताएका छन्।













