नेकपा एमालेको महाधिवेशन: अध्यक्ष ओली भृकुटीमण्डपमा, केन्द्रीय कमिटी बैठक सुरु हुँदै

User Image Prime TV News २ महिना अगाडि
Image of नेकपा एमालेको महाधिवेशन: अध्यक्ष ओली भृकुटीमण्डपमा, केन्द्रीय कमिटी बैठक सुरु हुँदै

काठमाडौ । नेकपा एमालेको महाधिवेशन अन्तर्गत आजदेखि भृकुटीमण्डपमा पार्टीको बन्दसत्र सुरु भएको छ।

अध्यक्ष केपी शर्मा ओली महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेपछि केन्द्रीय कमिटी बैठक प्रारम्भ हुन लागेको हो। बैठक ७:३० बजेका लागि निर्धारित थियो । तर अध्यक्ष ओली विभिन्न पदाधिकारीसँगको भेटघाटमा व्यस्त भएको कारण बैठक केही ढिलो सुरु भएको हो।

बैठकको मुख्य एजेण्डामा पार्टीको विधानमा संशोधन प्रस्ताव राख्ने योजना रहेको छ। ओलीले पार्टी संरचनामा परिवर्तन गर्दै पदाधिकारी संख्या १९ र केन्द्रीय समिति सदस्य संख्या ३०१ बनाउने प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्। 

महाधिवेशनमा अध्यक्षका लागि ओली र ईश्वर पोखरेल बीच प्रतिस्पर्धा हुने भएको छ । यसै क्रममा महाधिवेशन सोमबार समापन हुने तयारी गरिएको छ ।