साफ यु–१७ च्याम्पियनसिप आजदेखि श्रीलङ्कामा सुरु हुँदै


काठमाडौ । साफ यु–१७ च्याम्पियनसिप आजदेखि श्रीलङ्कामा सुरु हुँदै छ। पहिलो दिन घरेलु टिम श्रीलङ्काविरुद्ध खेलेर नेपालले प्रतियोगिताको सुरुवात गर्ने छ।
श्रीलङ्काको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा हुने प्रतियोगिता स्थानीय समय अनुसार राति ७ बजे सुरु हुनेछ। नेपाल समूह ‘ए’ मा रहेको छ। सो समूहमा नेपालसहित श्रीलङ्का र बङ्गलादेश पनि रहेका छन्।
नेपालले तीन दिनपछि बङ्गलादेससँग खेल्ने छ। नेपाली यु–१७ का प्रशिक्षक सञ्जित सिंहले टिम प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न तयार रहेको बताएका छन्। यस प्रतियोगितामा विभाजित दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ।
अर्को समूहमा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन्। यस उमेर समूहमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन् ।