नेकपा एमालेमा विधान संशोधनको प्रस्तावमा विवाद, पोखरेल समूहले विरोध जनायो

User Image Prime TV News एक महिना अगाडि
Image of नेकपा एमालेमा विधान संशोधनको प्रस्तावमा विवाद, पोखरेल समूहले विरोध जनायो

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीको विधान संशोधनको प्रस्तावमा गहिरो विवाद उत्पन्न भएको छ।

पार्टीको नेतृत्व संरचनामा सुधार गर्ने र पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने प्रस्तावमा वरिष्ठ नेता ईश्वर पोखरेल समूहले असहमति जनाएका छन्। बैठकको सुरूवातमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले पार्टीको १०औं महाधिवेशनको विधानलाई कायम राख्नुपर्ने र यदि आवश्यक छ भने केही थप गर्दै जानुपर्ने प्रस्ताव प्रस्तुत गरे।

उनले पार्टीको मूल संरचना बदल्नुको सट्टा, थप सुधार र परिमार्जनका लागि वर्तमान विधानलाई नै आधार बनाउनुपर्ने आवश्यकता रहेको बताए । यसै बीच, उपाध्यक्ष सुरेन्द्र पाण्डेले विधान संशोधनको आवश्यकता रहे ७० वर्षे उमेर हद र २ कार्यकालको सीमा पनि हटाएर जानुपर्ने बताए ।

उनका अनुसार यी सीमा हटाउनाले पार्टीको दीर्घकालीन व्यवस्थापन र नेतृत्वको सक्षमता सुधार गर्नेछ। तर, पोखरेल समूहका नेताहरूले विधानमा गरिएको सुधारको आधारमा यो प्रस्ताव अस्वीकृत गर्नुपर्ने र पार्टीको संरचनामा अत्यधिक परिवर्तन गर्नु उचित नहुने तर्क गरेका छन्।