नेकपा एमालेको केन्द्रीय कमिटी संरचना फेरि संशोधन, ३५१ सदस्यीय कमिटी कायम

User Image Prime TV News एक महिना अगाडि
Image of नेकपा एमालेको केन्द्रीय कमिटी संरचना फेरि संशोधन, ३५१ सदस्यीय कमिटी कायम

काठमाडौ । नेकपा एमालेले आफ्नो केन्द्रीय कमिटी संरचना फेरि संशोधन गर्दै पुरानो स्वरूपमा फर्किएको छ। ११औं महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकमा १९ पदाधिकारीसहित ३५१ सदस्यीय कमिटी कायम गर्ने प्रस्ताव पारित गरिएको हो। यससँगै, पार्टीको संरचनामा महत्वपूर्ण परिवर्तन आएको छ ।

यसअघि, भदौ महिनाको अन्तिम साता गोदावारीमा भएको विधान सम्मेलनमा १५ सदस्यीय पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी संरचना कायम गरिएको थियो। तर, अहिले भएको संशोधनपछि यस संरचनामा १०० सदस्यको थप गरिएको छ ।

३५१ सदस्यीय कमिटीमा विभिन्न प्रदेश र संरचनात्मक विशेषताका प्रतिनिधिहरूलाई समावेश गरिएकव बताईएको छ । तर, पार्टीभित्रको विवादले अझै शान्ति पाउन सकेको छैन। यस संशोधनको क्रममा ईश्वर पोखरेल समूहले विधान संशोधनमा असहमतिपूर्ण दृष्टिकोण राखेको छ।

पोखरेल समूहको भनाइ अनुसार, पार्टीको संविधान र संरचनामा केही आधारभूत संशोधनको आवश्यकता अझै बाँकी रहेको र उनीहरू यसमा पुनर्विचार गर्नुपर्नेमा जोड दिएका छन्।