एमालेकी उपाध्यक्ष शाक्यले पनि महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने घोषणा

User Image Prime TV News २ महिना अगाडि
Image of एमालेकी उपाध्यक्ष शाक्यले पनि महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने घोषणा

काठमाडौ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि पार्टीको आगामी केन्द्रीय कमिटीका पदाधिकारीमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी छन्।

उनीहरूले पार्टीको ११औं महाधिवेशनअन्तर्गत भइरहेको केन्द्रीय कमिटी बैठकमा आफूले अब पदाधिकारीको चुनावमा भाग नलिने घोषणा गरेकी हुन् । भृकुटीमण्डपमा आइतबार आयोजित बैठकमा ७२ वर्षीया शाक्यले आफ्नो भविष्यको नेतृत्व भूमिकाबारे स्पष्ट गर्दै आगामी नेतृत्वको लागि नयाँ पुस्तालाई स्थान दिनु पर्ने आवश्यकता औंल्याइन्।

यसैगरी यस अघि उपाध्यक्ष युवराज ज्ञवालीले पनि पदाधिकारी बन्ने योजनामा छैनन् भन्ने कुरा सार्वजनिक गरेका थिए । शाक्य र ज्ञवालीको यो घोषणा पार्टीमा नयाँ लहरको संकेतको रूपमा लिइएको छ। यी निर्णयहरूले पार्टीको भित्रको राजनीति र नेतृत्वको संरचनामा महत्वपूर्ण प्रभाव पार्न सक्छ।

शाक्य र ज्ञवालीले चुनावमा नलड्ने निर्णय गरेपछि पार्टीको नेतृत्वमा नयाँ नेतृत्वको सम्भावना बलियो भएको विश्लेषण गरिएको छ ।