एमालेको महाधिवेशनको बन्दसत्र समय फेरि सारियो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र समय फेरि सारिएको छ। भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र अब काठमाडौंको भृकुटीमण्डपमा आयोजित हुनेछ । यो समय ३ बजेमा शुरु हुने बताइएको छ।
यसअघि बन्दसत्र बिहानै सुरु हुने भनिए पनि केन्द्रीय कमिटीको बैठक पछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ३ बजेका लागि समय सारिएको जानकारी दिए। बैठकले पार्टीको विधानमा केही महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ।
विशेषत: केन्द्रीय कमिटी बैठकले पूर्वमा पारित विधान महाधिवेशनको निर्णय उल्ट्याउने निर्णय गरेको छ। बैठकमा केन्द्रीय सदस्यहरूको संख्या बढाउने र स्थायी कमिटीको संरचना कायम राख्ने निर्णय गरिएको छ ।












