गभर्नर पौडेललाई बर्खास्त गर्नुपर्ने माग राख्दै जेनजी युनाइटेडले अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझायो

User Image Prime TV News एक महिना अगाडि
Image of गभर्नर पौडेललाई बर्खास्त गर्नुपर्ने माग राख्दै जेनजी युनाइटेडले अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझायो

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग राख्दै जेनजी युनाइटेडले अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।

अर्थतन्त्रलाई चलाउमान बनाउनका लागि वर्तमान गभर्नर पौडेलबाट सकारात्मक काम हुन नसकेको र अनुभव समेत नभएको भन्दै पौडेललाई बर्खास्त गरेर नयाँ गभर्नर नियुक्तिको माग गर्दै अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो ।

राष्ट्र बैंक ऐनलाई लत्याउँदै तत्कालिन सरकारले पौडेललाई स्वार्थ समूहको चलखेलमा नियुक्त गरेको, गभर्नरबिरुद्ध बिभिन्न निकायका अनुसन्धान भइरहेको र अनुभवका हिसावले समेत पौडेलको नियुक्ति राष्ट्र बैंक ऐनको विरुद्ध भएको बर्खास्त गर्न माग गरिएको जेनजी युनाइटेडका संयोजक जनक परियारले जानकारी दिए । 

जेनजी युनाइटेडले लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने, अर्थ मन्त्रालयमा बिचौलियाको चलखेल रोक्नुपर्ने, बैंक तथा बित्तिय संस्थाको मनपरीलाई रोक्नुपर्ने, बैदेशिक ऋणको सदूपयोग गर्नुपर्ने लगाएका माग राखेका छन् ।