नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलायो

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलायो

काठमाडौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मंसिर २९ गते सोमबार बिहान ९ बजे केन्द्रीय कार्यसमितिको बैठक सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाएका हुन् ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार जारी गरेको एक सूचना अनुसार, केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

यस बैठकले कांग्रेसको आगामी महाधिवेशन तयारीका साथै  पार्टीको नीति-संस्कारको बारेमा छलफल गर्ने बताइएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठक झण्डै डेढ महिना चलेपछि दुई साताअघि मात्रै सम्पन्न भएको थियो।