निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य कामः राष्ट्रियसभा अध्यक्ष दाहाल

User Image Prime TV News एक महिना अगाडि
Image of निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य कामः राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको प्रमुख कार्य निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन्। उनले चुनाव गर्ने जिम्मेवारीको साथसाथै, निष्पक्ष र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्ने काम सरकारको भएको बताए । 

संघीय संसद सेवा दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै, अध्यक्ष दाहालले भने, "अन्तरिम सरकारको मुख्य काम भनेको आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु हो। यो चुनाव, प्रतिनिधि सभा विघटनपछि, कति आवश्यक र महत्वपूर्ण छ भन्ने कुरा हामी सबैले अनुभव गरेका छौं।"

उनले थपे, "लोकतन्त्रको सशक्त पक्ष भनेको चुनाव हो र यसमा जनविश्वास र जनचासो अडिएको हुन्छ। यसका लागि समयमै, भयरहित र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गराउनु अत्यन्त महत्वपूर्ण छ। यसमा सरकारलाई मात्र जिम्मेवारी छैन, हामी सबैको दायित्व हो।"

अध्यक्ष दाहालले जेनजी आन्दोलनको प्रमुख माग भ्रष्टाचार नियन्त्रणको विषयमा पनि संसदको योगदानको महत्त्वबारे बताएका छन्।