नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले बोलायो केन्द्रीय समितिको बैठक

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले आगामी असोज ८ गते केन्द्रीय समितिको विशेष बैठक बोलाएको छ। बैठकले हालको जेनजी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रमहरूको गम्भीर समीक्षा गर्नु र पार्टीको आगामी रणनीति तथा कार्ययोजना तय गर्ने बताईएको छ ।

पार्टीका प्रवक्ता कृष्ण शर्माका अनुसार, केन्द्रीय समितिको बैठकमा केन्द्रीय तहका सबै सदस्यहरू, प्रदेश संयोजकहरू र जिल्ला संयोजकहरूलाई समेत आमन्त्रण गरिएको छ। बैठकमा उपस्थित भएर पार्टीका आगामी कदम र कार्ययोजनामा छलफल हुने अपेक्षा गरिएको छ।

हिजोको बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको रक्षा गर्न सफल भएकोमा खुसी व्यक्त गरे। उनले, “हामी संविधानको रक्षा गर्न सफल भयौँ, जुन अहिलेको सबैभन्दा ठूलो उपलब्धि हो,“ भनी बताए। उनका अनुसार, हालैको जेनजी आन्दोलनमा संविधानलाई मास्न चाहने विभिन्न समूहहरूको घुसपैठ भएको थियो, जसका कारण देशभित्र अस्थिरता सिर्जना भएको थियो। डा. भट्टराईले भने, “विदेशी हस्तक्षेपका कारण भित्रका स्वार्थ समूहहरूले विध्वंस मचाएका छन्, तर हामी संविधान बचाउन सफल भयौँ।“

बैठकले पार्टीलाई समग्र राजनीतिक परिप्रेक्ष्यमा सशक्त र प्रभावकारी बनाउन मद्दत पुर्याउनेछ भन्ने अपेक्षा गरिएको छ।