नेप्से परिसूचक आज १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा, २ अर्ब भन्दा माथिको कारोबार
Prime TV News २ महिना अगाडि 
काठमाडौ । साताको सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
आज सेयर बजार परिसूचक १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा पुगेको हो। आजको कारोबारमा बजारको अधिकांश क्षेत्रीय सूचकांक नकारात्मक देखिएका छन्। कुल १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५६ कम्पनीको मूल्यमा वृद्धि भएको छ। ६ कम्पनीका सेयर मूल्य भने स्थिर रहेको छन्।
आज सेन्सेटिभ इन्डेक्स पनि ०.७९ अंकले घटेर ४४५.५० विन्दुमा पुगेको छ। १३ वटा उपसूचकमध्ये ११ वटामा सेयर मूल्य घटेको छ भने २ वटामा मूल्य वृद्धि भएको छ। यसले बजारमा बिक्रीको दबावलाई जनाएको छ । जसले परिसूचकमा गिरावट ल्याएको छ। आजको कारोबारमा २ अर्ब भन्दा माथिको कारोबार भएको छ।
३३० कम्पनीका १ करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर ६० हजार ६९९ पटक खरिद-बिक्री भएका छन्। कारोबारको कुल मूल्य ४ अर्ब ७४ लाख ५५ हजार ७७ रुपैयाँ रहेको छ। आजको कारोबारमा दुई कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ।
यी कम्पनीहरूका सेयर मूल्यले तातो बजारमा उत्साह थपेको छ । तर समग्र बजारको गिरावटका कारण अझै सतर्कता अपनाउने अवस्था रहेको छ।













