नेपाल कम्युनिस्ट पार्टी एमालेको ११ औं महाधिवेशनको बन्दसत्र सुरू

User Image Prime TV News २ महिना अगाडि
Image of नेपाल कम्युनिस्ट पार्टी एमालेको ११ औं महाधिवेशनको बन्दसत्र सुरू

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी एमालेको ११ औं महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ ।

केन्द्रीय समितिको बैठकपछि राजधानी काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरू भएको हो । सत्रको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनबाट भएको हो। अध्यक्ष ओलीले आफ्नो सम्बोधनमा पार्टीको आगामी रणनीति, संगठनात्मक सुदृढीकरण र देशको समृद्धिका लागि पार्टीको भूमिका बारे प्रस्ट धारणा प्रस्तुत गरेका छन्।

बन्दसत्रमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि आफ्नो अवधारणा पत्र पेस गर्ने तयारी गरेका छन्। पोखरेलको अवधारणा पत्रले पार्टीको आन्तरिक संरचना, नेतृत्वका मुद्दा र राजनीतिक दृष्टिकोण पेश गर्ने वताइएको छ ।

बन्दसत्र  अघि १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको अन्तिम बैठक बसेको थियो ।