काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ का निवर्तमान सांसद चालिसे विरुद्ध भ्रष्टाचार मुद्दा दायर

User Image Prime TV News एक महिना अगाडि
Image of काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ का निवर्तमान सांसद चालिसे विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ का निवर्तमान सांसद सन्तोष चालिसे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

चालिसे नेपाल कांग्रेसका एक प्रमुख नेता र पूर्व सांसद हुन् । गोकर्णेश्वर नगरपालिकाको मेयरको पदमा रहँदा सरकारी पैसाको दुरुपयोग गर्दै निजी सम्पत्ति आर्जन गरेको आरोपमा फसेका छन्। उनीविरुद्ध दायर भएको मुद्दामा तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ बिगो माग गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, चालिसेले नगरपालिकाको बजेटको दुरुपयोग गर्दै गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको भन्दै यस मुद्दा दायर गरिएको हो। गोकर्णेश्वर नगरपालिका क्षेत्रमा मेयर पदमा रहेका बेला चालिसेले गरेका केही कार्यहरूको बारेमा पनि पूर्वमा विवाद उठेको थियो ।