दुर्गा प्रसाई संग वार्ता गर्न सरकारले समिति गठन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग संवाद अघि बढाउन सरकारले आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले आइतबार उक्त निर्णय सार्वजनिक गरेको हो। सरकारले महाअभियानले उठाएका तत्काल सम्बोधन गर्न सकिने मागहरूमाथि छलफल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा समिति गठन गरेको जनाएको छ।
समितिमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना सदस्य रहेका छन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठका अनुसार वार्ता प्रभावकारी बनाउन महाअभियान पक्षबाट पनि तीन जना प्रतिनिधि सिफारिस गरी पठाउन आग्रह गरिएको छ।
उक्त समितिले आन्दोलनका माग, समस्या र सम्भावित समाधानका विषयमा सहजीकरण गर्नेछ। यसअघि मंसिर २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री कार्की र महाअभियानका पदाधिकारीबीच प्रारम्भिक छलफल भएको थियो। उक्त भेटघाटमा पुस २ गते पुनः बैठक बस्ने सहमति भएको जनाइएको छ।













