प्रधानमन्त्री कार्कोलाई श्रेष्ठले दिए ६ सुझाब


काठमाडौ । नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीलाई ६ सुझाव दिएका छन्। नेता श्रेष्ठले कार्कीलाई फोन सम्पर्क गर्ने प्रयास गरे पनि सफल नभएर सामाजिक सञ्जालमार्फत सुझाव दिएका हुन्।
उनले मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिन, राजनीतिक दलभन्दा बाहिरका निष्ठावान र क्षमतावान व्यक्तिहरूलाई समेट्न, मुलुकमा शान्ति र सुव्यवस्था स्थापना गर्न, र निर्वाचन मितिमा निष्पक्ष चुनाव सम्पन्न गर्नका लागि सरकारलाई ध्यान केन्द्रित गर्न सुझाव दिएका छन्।
साथै, उनले भाद्र २३ र २४ का घटनाको निष्पक्ष छानबिन, ध्वंस गरिएका संरचनाहरूको पुनर्निर्माण, भ्रष्टाचारविरुद्धको संघर्षलाई निरन्तरता दिन र राष्ट्रियसभाको महत्त्वमा ध्यान दिन पनि भनेका छन्।