कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति औपचारिक रूपमा शोक व्यक्त गर्ने भएको छ।
यसका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज आयोजना गरिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा स्वर्गीय उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरिनेछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूका साथै आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिलाई उपस्थित हुन निर्देशन दिइएको छ। कांग्रेसले उपाध्यायको राजनीतिक योगदानको सम्मान गर्दै पार्टीस्तरबाट श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय गरेको जनाएको छ ।












