एमाले ११औँ महाधिवेशनमा ओलीलाई पोखरेलको चुनौती, आज उम्मेदवारी दर्ता

User Image Prime TV News २ महिना अगाडि
Image of एमाले ११औँ महाधिवेशनमा ओलीलाई पोखरेलको चुनौती, आज उम्मेदवारी दर्ता

काठमाडौ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया तीव्र बनेको छ। महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार सोमबार एकै दिन मतदाता नामावली टुंग्याउनेदेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशनसम्मका सबै चरण पूरा गरिनेछ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै निर्धारित समयभित्र सबै प्रक्रिया सम्पन्न गरिने जानकारी दिएका छन्। तालिकाअनुसार मतदाता नामावलीमाथि दाबी विरोध, त्यसको छानबिन र निर्णयपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

त्यसपछि उम्मेदवारका लागि दरखास्त फारम वितरण र दर्ता, प्रारम्भिक उम्मेदवार सूची प्रकाशन, उजुरी दर्ता, उजुरीमाथि छानबिन तथा निर्णय, उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरिने कार्यक्रम छ।

निर्वाचन आयोगका अनुसार पुस १ गते मंगलबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युतीय मतदान हुनेछ। मतदानपछि मतगणना, नतिजा घोषणा, प्रमाणपत्र वितरण र निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।