उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा माइन्युट कमिटी गठन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनका क्रममा हुने सबै छलफल र निर्णयलाई औपचारिक अभिलेखमा राख्न माइन्युट कमिटी गठन गरेको छ। पार्टीका अनुसार महाधिवेशनका गतिविधि व्यवस्थित र प्रमाणिक रूपमा सुरक्षित राख्ने उद्देश्यले समिति बनाइएको हो।
माइन्युट कमिटीको संयोजकको जिम्मेवारी उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ। समितिका सदस्यहरूमा सूर्यबहादुर थापा क्षेत्री, ज्वालाकुमारी साह, ईश्वरी रिजाल, लीला भण्डारी, विष्णु रिजाल र नीरज आचार्य रहेका छन्।
समितिले महाधिवेशनमा प्रस्तुत प्रस्ताव, प्रतिनिधिहरूबीच भएका छलफल, पारित निर्णय र निष्कर्षलाई लिखित अभिलेखका रूपमा तयार गर्नेछ। ती अभिलेखहरू पार्टीका आगामी नीति, कार्यक्रम र संगठनात्मक काममा सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरिने जनाइएको छ।
एमालेले महाधिवेशनका निर्णयहरू संस्थागत रूपमा सुरक्षित राख्न माइन्युट कमिटीको भूमिका महत्वपूर्ण हुने जनाएको छ।












