केपी शर्मा ओली नेतृत्वको समूहले महाधिवेशनमा पदाधिकारीको नाम तय गर्यो

User Image Prime TV News २ महिना अगाडि
Image of केपी शर्मा ओली नेतृत्वको समूहले महाधिवेशनमा पदाधिकारीको नाम तय गर्यो

काठमाडौ । नेकपा एमालेको आगामी ११औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीका प्रमुख पदाधिकारीहरूको नाम लगभग टुंगो लगाएको छ।

पार्टी स्रोतका अनुसार, ओली समूहले आगामी महाधिवेशनमा नेतृत्वमा निरन्तरता दिने निर्णय गरेको छ । जसमा धेरै पुराना नेता र कार्यकर्तालाई प्रमुख जिम्मेवारीहरू दिइएको छ। केपी शर्मा ओली यसपालि पनि पार्टीको अध्यक्षको उम्मेदवारका रूपमा प्रस्तुत हुनेछन्।

ओलीको नेतृत्वमा पार्टीका उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवका लागि नामहरू तय गरिएको जानकारी प्राप्त भएको छ। ओली समूहले उपाध्यक्षकालागि विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंग्याएको छ।

यी नेताहरूले पार्टीका १०औं महाधिवेशनमा पनि उपाध्यक्षका रूपमा कार्य गरेका थिए र यसपटक पनि उनीहरूको नाम निश्चित गरिएको छ। महासचिवको रूपमा शंकर पोखरेलको नाम पनि निरन्तरता दिइएको छ। पोखरेल १०औं महाधिवेशनबाट महासचिवका रूपमा निर्वाचित भएका थिए  ।

अब ११औं महाधिवेशनमा पनि उनले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिनेछन्। ओली समूहले उपमहासचिवका लागि विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकालको नाम तय गरेको छ।

यस्तै, सचिवको रूपमा लेखराज भट्ट, छविलाल विश्ववकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेतको नाम निश्चित गरिएको छ। भट्ट, विश्ववकर्मा र अर्याल १०औं महाधिवेशनबाट पनि सचिव बनेका थिए।