सुन र चाँदीको मूल्यमा वृद्धि: सोमबार सुनको मूल्य २ लाख ६० हजार रुपैयाँ नाघ्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सुन र चाँदीको मूल्यमा सोमबार ठूलो वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १,९०० रुपैयाँको वृद्धि हो। आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ८०० रुपैयाँ थियो।
सुनको मूल्य वृद्धि स्थानीय बजारमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि वृद्धि भै रहेको छ । महासंघका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको वृद्धि नेपालमा पनि प्रत्यक्ष असर पुर्याएको छ।
सोमबार चाँदीको मूल्य पनि तोलामा ३ हजार ८३५ रुपैयाँबाट बढेर ३ हजार ८७० रुपैयाँ पुगेको छ। यसरी चाँदीको मूल्यमा ३५ रुपैयाँको वृद्धि भएको छ। चाँदीको मूल्यमा भएको यो वृद्धि पनि मुख्यत: अन्तर्राष्ट्रिय बजारको प्रभावले भएको हो । जहाँ चाँदीको मूल्य बढेको पाइन्छ।













