दिल्लीमा वायु प्रदूषण: खतरनाक स्तरमा
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । दिल्ली र आसपासका क्षेत्रहरूमा पछिल्लो केही दिनदेखि भारी प्रदूषण र धुवाँको कारण वायु गुणस्तर ‘खतरनाक’ स्तरमा पुगेको छ।
भारतको वायु गुणस्तर व्यवस्थापन आयोगले ग्रेडेड रेस्पोन्स एक्सन प्लानको चौथो चरण लागू गरेको छ । जसका कारण राजधानीमा सवारी साधन, निर्माण कार्य र विद्यालयहरूको सञ्चालनमा कडाइ गरिएको छ।
गत शनिबार देखि वायु गुणस्तर सूचकांकको आँकडा पार गर्दै खतरनाक स्तरमा पुग्दा, सीएक्यूएमले अत्यधिक प्रदूषण नियन्त्रणका लागि कडा कदमहरू उठाएको छ । जीआरएपी चरण ४ अन्तर्गत, दिल्लीका विभिन्न क्षेत्रमा निर्माण कार्यलाई पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ ।
विद्यालयहरूले हाइब्रिड मोडलमा अनलाइन र अफलाइन सञ्चालन गर्न निर्देशन दिएको छ । यसका साथै, सरकारी र निजी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारी उपस्थित हुने व्यवस्था गरिएको छ, र केही श्रेणीका सवारी साधनलाई दिल्ली प्रवेशमा प्रतिबन्ध लगाइएको छ।
वायु प्रदूषणका कारण दिल्लीका नागरिकहरूको स्वास्थ्यमा गम्भीर असर पर्ने सम्भावना उच्च छ। स्वास्थ्य विशेषज्ञहरूको अनुसार, यस्तो प्रदूषणले अस्थमा, श्वासको समस्या र अन्य फोक्सोसम्बन्धी रोगको प्रकोपलाई बढावा दिन सक्ने बताएका छन् ।













