राष्ट्रिय परिचयपत्रमा विवरण हेरफेर गरेको आरोपमा कर्मचारीसहित दुई जना पक्राउ

User Image Prime TV News ४ हप्ता अगाडि
Image of राष्ट्रिय परिचयपत्रमा विवरण हेरफेर गरेको आरोपमा कर्मचारीसहित दुई जना पक्राउ

काठमाडौ । केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रिय परिचयपत्र र पञ्जीकरण विभागका कर्मचारीसहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई व्यक्तिगत विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र एप्रूवल गर्ने आरोपमा पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिहरूमा २८ वर्षीय सुनित रेग्मी, जो पञ्जीकरण विभागका कर्मचारी हुन् । यस्तै  २८ वर्षीय आशिष बाबु कुमाल रहेका छन् । आशिष कुमाल गोरखा नगरपालिका-१० का निवासी हुन् र हाल ललितपुरमा बस्दै आएका छन्।

प्रहरीका अनुसार, सुनित रेग्मी र आशिष कुमालले पञ्जीकरण विभागको युजर आईडी र पासवर्ड दुरुपयोग गरेर गलत जानकारी प्रविष्ट गरी राष्ट्रिय परिचयपत्रको आवेदन स्वीकृत गराएका थिए। यस कार्यले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनको दफा ४१ को उल्लंघन गरेको बताइएको छ।

सीआईबीले यस मुद्दामा थप अनुसन्धान गरिरहेको छ । काठमाडौं जिल्ला अदालतले पक्राउ परेका दुई जनाका लागि पाँच दिनको म्याद थप गरेको छ। यस घटनामा संलग्न थप व्यक्तिहरूको पहिचान र पक्राउको प्रक्रिया पनि जारी रहेको छ।