निर्वाचन कार्यतालिका संशोधन, उम्मेदवारी दर्ताका लागि नयाँ समय तोकियो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेको ११ औ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका संशोधन गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको दरखास्त दर्ता, नामावली प्रकाशन र मतदान प्रक्रियासँग सम्बन्धित कार्यतालिका संशोधन गर्दै नयाँ तालिका सार्वजनिक गरेको हो । केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले संशोधित कार्यतालिका सार्वजनिक गर्दै उम्मेदवारी दर्ताको समय परिवर्तन भएको जानकारी दिएका छन्।
अब उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फारम दर्ता गर्नका लागि आज दिउँसो १ बजेबाट ३:३० बजेसम्मको समय पाउनेछन्। यसअघि, उम्मेदवारी फारम दर्ताका लागि समय साढे १० बजे देखि साढे १ बजेसम्म तोकिएको थियो । जसमा संशोधन गरिएको हो।
समय तालिकामा थप गरिएको परिवर्तनअनुसार, उम्मेदवारहरूको प्रारम्भिक नामावली आज दिउँसो ४ बजे प्रकाशित हुनेछ। यसपछि उम्मेदवारहरूको नाममाथि उठेका उजुरीहरूको छानबिन प्रक्रिया सुरू हुनेछ र ५ बजे देखि ६ बजेसम्म उम्मेदवारका नाम फिर्ता गर्ने समय तोकिएको छ। अन्तिम नामावली साँझ साढे ६ बजे प्रकाशित हुनेछ ।
निर्वाचनका सबै प्रक्रिया सकेर भोली बिहान ११ बजेबाट साँझ ५ बजेसम्म मतदान प्रक्रिया रहने बताइएको छ ।












