लेखराज भट्टलाई उपमहासचिवमा अघि वढाउन ओली तयार
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेको ११ औं महाधिवेशनमा नेतृत्वकालागि प्रतिस्पर्धा चुलिँदै गएको छ।
पार्टीको शीर्ष नेतृत्वमा ठूलो फेरबदलको संकेत गर्दै केपी ओली समूहले लेखराज भट्टलाई उपमहासचिवको उम्मेदवार बनाउने निर्णय गरेको छ। यस क्रममा, ओली समूहले भानुभक्त ढकाललाई हटाएर भट्टलाई उपमहासचिव पदमा अघि बढाउन लागेको हो।
स्रोतका अनुसार भट्टलाई सचिव पद दोहोर्याउन असहमतिपूर्वक माओवादी धारबाट आएका भानुभक्त ढकाललाई सचिवको उम्मेदवार बनाउने तयारी गरिएको थियो। तर, भट्टले सचिव पदको उम्मेदवारी दिन असहमति जनाएका थिए । उनको असहमती संगै ओली समूहले उनलाई उपमहासचिव पदमा राख्ने निर्णय गरेको हो।
यससँगै, भट्ट अब उपमहासचिवको उम्मेदवार बन्ने जनाएका छन्। "मैले टिमसँग कुरा गरेर उपमहासचिव पदको उम्मेदवारी दिने निर्णय गरेको छु," लेखराज भट्टले भने। भट्टले १०औं महाधिवेशनमा सचिवको जिम्मेवारी सम्हालेका थिए र माओवादी पक्षबाट आएको उनी पार्टीको आन्तरिक राजनीति र नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।













