पार्टीलाई सहि ढंगले अघि बढाउन नेतृत्वमा दावी गरेको हुँः ईश्वर पोखरेल
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेको अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई सहि ढंगले अघि बढाउन नेतृत्वमा दावी गरेको बताएका छन् ।
सोमबार भृकुटिमण्डपस्थीत महाधिवशेन स्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले पार्टीलाई विधि पद्धती अनुरुप ठीक ढंगले चलाउनका लागि नेतृत्वमा दावी गरेको बताए । अहिलेको अवस्थामा पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको उनले बताए ।
पार्टीलाई विचारमा पुनर्गठित गर्नुपर्ने, संगठनमा पुनर्गठित गर्नुपर्ने र नेतृत्वमा पुर्नस्थापित गर्नुपर्ने आवश्यकता रहेको जिकिर गर्दै पोखरेलले बहुदलीय जनवादका आधारमा एमालेमा आन्तरिक प्रतिस्पर्धालाई अस्वभाविक मान्न नहुने बताए ।
त्यस्तै ईश्वर पक्षका महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले एमाले प्रतिनिधिले पार्टीलाई एकताबद्ध गर्न आफुहरुलाई सहयोग गर्ने बताए ।












