संसद सचिवालयको आग्रहः लुटिएका सामग्री फिर्ता गर्न अनुरोध
Prime TV News एक बर्ष अगाडि 
काठमाडौ । संसद सचिवालयले आज एक सूचना जारी गर्दै लुटिएका सामाग्रीहरू फिर्ता गर्न अपील गरेको छ। २४ गते जेनजी आन्दोलनको दौरान, अराजक समूहले नयाँ बानेश्वरस्थित संसद भवनमा प्रवेश गरी आगजनी, तोडफोड र लुटपाट गरेको थियो।
कसैसँग संसद सचि सामाग्रीहरू छन् भने तिनीहरूलाई फिर्ता गर्न र प्राप्त स्थान तथा व्यक्तिको नाम र ठेगाना बारे जानकारी दिन अनुरोध गरिएको छ। साथै, लुटिएका सामाग्रीको बारेमा कुनै पनि सूचना वा भिडियो उपलब्ध भए, त्यसलाई सबूतको रूपमा प्रस्तुत गर्न समेत आग्रह गरिएको छ। सूचना दिने व्यक्तिको नाम गोप्य रहने सचिवालयले जनाएको छ ।
आन्दोलनका क्रममा संसद भवनका विभिन्न सामाग्रीहरू, जस्तै टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन र अन्य विद्युतीय उपकरणहरू अनधिकृत व्यक्तिहरूले लुटेर लगेको जनाएको छ।







