कांग्रेस बैठकले शोक प्रस्ताव पारित

User Image Prime TV News २ महिना अगाडि
Image of कांग्रेस बैठकले शोक प्रस्ताव पारित

काठमाडौ । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा गहिरो शोक प्रकट गर्दै पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा शोक प्रस्ताव पारित गरेको छ। सोमवार सानेपामा भएको बैठकले उपाध्यायको निधनलाई एक ऐतिहासिक क्षति मान्दै पार्टीका झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ।

पार्टीका उपसभापति धनराज गुरुङको सभापतित्वमा भएको बैठकले आगामी मङ्सिर २९, पुस १ र २ गते पार्टीका केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो।

यसैगरी, पार्टीको बैठकले आगामी पुस १ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय समेत गरेको छ। साथै, स्वर्गारोहणको १३औं दिनसम्म कांग्रेस पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरिएको छ।

उपाध्यायको निधन पश्चात पार्टीले मोरङमा शोकसभाको आयोजना गर्ने पनि निर्णय गरेको छ। आमोदप्रसाद उपाध्यायको निधन आइतबार काठमाडौं स्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा भएको थियो ।