केपी शर्मा ओलीले ११औं महाधिवेशनमा तेस्रो पटक अध्यक्ष पदको उम्मेदवारी दर्ता गरे
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औं महाधिवेशनमा तेस्रो पटक अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। भृकुटीमण्डप स्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर ओलीले आफ्नो उम्मेदवारी पेश गरे । जसले पार्टीको आगामी महाधिवेशनको माहोललाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको छ।
ओली नवौं र दसौं महाधिवेशनबाट क्रमशः पार्टी अध्यक्ष निर्वाचित भएका थिए । यस पटक पनि पार्टीको नेतृत्व सम्हाल्न चाहन्छन्। उम्मेदवारी दर्ता गर्दै ओलीले भने, "पार्टीको नेतृत्वमा निरन्तरता र स्थिरता आवश्यक छ। मैले जोसुकै परिस्थितिमा पार्टीलाई एकताबद्ध राख्ने र नेपालको समृद्धि र लोकतन्त्रको लागि काम गर्न चाहन्छु।"
यसपटकको महाधिवेशनमा ओलीका प्रतिस्पर्धी रूपमा ईश्वर पोखरेल पनि उभिएका छन्। कुनै बेला ओलीको नजिकका मानिएका पोखरेल अहिले पार्टीको नेतृत्वको दौडमा ओलीका प्रमुख चुनौतीदाताको रुपमा आएका छन् । यस महाधिवेशनमा अध्यक्ष पदको लागि यी दुई नेताबीच कडा प्रतिस्पर्धा हुने निश्चित देखिन्छ।












