प्रदीप ज्ञवालीले ११औं महाधिवेशनमा उपाध्यक्ष पदको उम्मेदवारी नदिने
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको ११औं महाधिवेशनमा उपाध्यक्ष पदको उम्मेदवारी नदिने निर्णय गरेका छन्।
उनले सोमबार, मंसिर २९ मा भृकुटीमण्डपस्थित महाधिवेशनस्थलबाट बाहिरिएर आफ्नो उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका छैनन् । ज्ञवालीलाई पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट उपाध्यक्षको उम्मेदवारका रूपमा अघि सारिएको थियो ।
तर उनले आफूलाई यो पदको उम्मेदवारी स्वीकार्य नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। ज्ञवालीले भने, "मैले उपाध्यक्ष पदको उम्मेदवारी दिन नचाहेको हो।
यसपटक महासचिव पदका लागि मेरो दावेदारी छ।" १०औं महाधिवेशनबाट उपमहासचिव बनेका प्रदीप ज्ञवाली यस महाधिवेशनमा महासचिव पदका प्रमुख दावेदार मानिएका थिए ।













