उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने सरकारको निर्णय
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । सरकारले उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद्को आजको बैठकले उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो । राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरिएको वताईएको छ ।
समितिमा कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा सम्वाद समिति गठन गरिएको हो । समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल छन् ।













