लालबाबु पण्डितले सचिव पदमा उम्मेदवारी दर्ता
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका केन्द्रीय सदस्य लालबाबु पण्डितले पार्टीको ११औं महाधिवेशनमा सचिव पदको उम्मेदवारी दर्ता गरेका छन्। पण्डित संस्थापन पक्षको केन्द्रीय सदस्यको लिष्टमा परेका थिए । तर पण्डितले यसपटक सचिव पदका प्रमुख दावेदारका रूपमा उम्मेदवार बनेका छन्।
महाधिवेशनमा सोमबार उम्मेदवारी दर्ता गर्दै पण्डितले भने, "मैले सचिव पदमा उम्मेदवारी दिएको छु।" उनी यस अघि नेकपा एमालेका प्रशिक्षण विभागका प्रमुख थिए र पार्टीको नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने भूमिकामा सक्रिय थिए।
पण्डितले यस अघि १०औं महाधिवेशनमा पनि पदाधिकारीको आकांक्षीका रूपमा आफूलाई प्रस्तुत गरेका थिए । तर सो महाधिवेशनमा उनका नाम प्यानलमा समावेश भएको थिएन । त्यसपछि उनी रिसाएर फर्किएका थिए। यसपटक भने उनले आफूलाई कुनै विशेष प्यानलसँग जोड्न चाहेनन् र भने, "कुन प्यानलबाट उम्मेदवारी दिने कुरा अहिले नगरौँ। मैले सचिव पदमा उम्मेदवारी दिएको छु।"













